साना किसान लघुवित्तको नाफा १७% वृद्धिसँगै साढे ८१ करोड, ५२% लाभांश क्षमता

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४१ करोड ४१ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तुलनामा कम्पनीले १७ प्रतिशतले वृद्धि हासिल गरेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६९ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा थोक कर्जा प्रदायक अर्को आरएमडिसीसँग मर्जर गरेपछि कम्पनीको नाफा बढेको हो । गत आवमा चलेको लघुवित्त संघर्ष समितिको आन्दोलनका कारण धेरै कर्जा नउठ्दा बढ्दो खराब कर्जाको कारण अधिकांश लघुवित्तको नाफा घटेको अवस्था छ । साना किसानमा भने अर्को लघुवित्त आरएमडिसीको नाफा पनि जोडिँदा मुनाफा बढेको हो । गत आवको तेस्रो त्रैमाससम्म आरएमडिसीले २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

मर्जरले कम्पनीको लाभांश क्षमतामा समेत १०९ प्रतिशतको सुधार आएको छ । लघुवित्तले गत आवमा १ अर्ब ७३ करोड ९३ लाख १८ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यो रकमले लघुवित्तले आफ्ना सेयरधनीलाई ५२.२१ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । मर्जरले अधिकांश सुचकमा बढोत्तरी भएको कम्पनीको प्रतिसेयर आम्दानी भने अघिल्लो आवको तुलनामा २० रुपैयाँ ७ पसा घटेर २४ रुपैयाँ ४४ पैसामा झरेको छ । उच्च पुँजी पृद्धिको असर इपीएसमा परेको हो । समीक्षा अवधिमा एक अर्ब ५६ करोड ४४ लाखको चुक्ता पुँजी आरएमडिसीसँग मर्जरपछि ३ अर्ब ३३ करोड १६ लाख १८ हजार कायम भएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पुँजी ११२.९६ प्रतिशत, जगेडा कोष १०१.१६ प्रतिशत,सेयरधनी कोष १०९.७७ प्रतिशत, सापटी १८.३६ प्रतिशत, कर्जा लगानी ५१.३६ प्रतिशत, खुद ब्याज आम्दानी २३.९७ प्रतिशत र सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढेको छ ।

प्रकाशित विवरण अनुसार लघुवित्त कम्पनीले १ अर्ब ८५ करोड ५५ लाख ८६ हजार करुपैयाँ निक्षेप संकलन र तथा बैंक तथा वित्तीय संस्थाबाट १९ अर्ब २९ करोड ७३ लाख ९६ हजार रुपैयाँ सापटीबाट लघुवित्त संस्थाहरुलाई ४४ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस्तै ग्राहक सदस्यलाई ६ करोड ७७ लाख ६५ हजार रुपैयाँ लगानी गरेको छ ।

असारसम्म लघुवित्तले १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब १६ करोड ८ लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.६१ प्रतिशत, कस्ट अफ फण्ड ४.७८ प्रतिशत छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ३६.७९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।