छिमेक लघुवित्तको उत्कृष्ट प्रगति, खुद नाफा अर्ब माथि, वितरणयोग्य नाफा १४५ करोड

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० मा एक अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ९४ करोड ७२ लाख २२ हजार रुपैयाँ नाफा कमाएको लघुवत्तले १२.११ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

गत आवको वित्तीय विवरणमा कम्पनीले उत्कृष्ट सफलता हासिल गरेको छ । समीक्षा अवधिमा कम्पनीको पुँजी वृद्धिको अनुपातमा नाफा वृद्धि थोरै हुँदा प्रतिसेयर आम्दानी घटेपनि अन्य धेरै सूचकमा कम्पनीको प्रगति आकर्षक देखिएको हो ।

गत आवमा कम्पनीको चुक्ता पुँजी २२ प्रतिशत, सेयरधनी कोष २० प्रतिशत, निक्षेप १३.६८ प्रतिशत, खुद ब्याज आम्दानी १४.३२ प्रतिशत, सञ्चालन नाफा ५.७१ प्रतिशतले बढेको छ । प्रतिकुल अवस्थाकाबीच कष्ट अफ फन्ड र आधार दर समेत घट्दा कर्जा लगानी घटेपनि मुनाफामा सकारात्मक असर परेको हो । कम्पनीको वित्तीय विवरण अनुसार कर्जा लगानी ३.२४ प्रतिशतले घटेको लघुवित्तको इपीएस ३ रुपैयाँ ३१ पैसाले घटेको छ ।

लघुवित्तको चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, सेयरधनी कोयामा १ अर्ब ४५ करोड १ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निक्षेप ३० अर्ब ७१ करोड ६६ लाख तथा सापटी ४ अर्ब ५५ करोड ३९ लाख रहेको छ । यस अवधिमा छिमेकले ३२ अर्ब ३६ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म लघुिवत्तले २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै १ अर्ब ५४ करोड १८ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीले ३४ करोड इम्पेरमेन्ट चार्ज वापत राखेको छ । यस्तै कर्मचारी खर्च १० प्रतिशतले बढेर १ अर्ब माथि पुगेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बढेपनि लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा घटेर २७ रुपैयाँ ४५ पैसा कायम भएको छ । यस्तै खराब कर्जा अनुपात बढेर १.७२ प्रतिशत, आधारदर १२.२७ प्रतिशत, कष्ट अफ फण्ड ९.२६ प्रतिशत, प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५०२ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।