हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफामा उछाल, कहाँ कति प्रगति ?

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १८४.७५ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले ४० करोड ६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १४ करोड ६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय अवस्थामा चामत्कारिक रुपमा सुधार देखिएको हो । दशक अघिदेखि बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, तत्कालीन हिमालयन जनरल हुँदै एकीकृत हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यभार सम्हालेका अनुभवी व्यक्ति विजय बहादुर शाह प्रमुख कार्यकारी भएपछि कम्पनीले गुणात्मक फड्को मार्न सफल भएको हो । सीइओ शाहले सीईओ नियुक्त हुँदा नै सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने आफूले प्रण गरेका थिए । सोही अनुसार कम्पनीको प्रगति पनि अगाडि बढेको छ ।

पुनर्बीमा कमिशन बापत ३१ करोड ४० लाख ३५ हजार रुपैयाँ कमाएको कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य आयबाट ६ करोड २५ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ३८.४२ प्रतिशत वृद्धि भई १ अर्ब १७ करोड ७५ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ८५ करोड ६ लाख ९१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड ८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अघिल्लो आवको तुलनामा जगेडा कोष ६२ प्रतिशत, बीमा कोष १८ र महाविपत्ती कोष २२ प्रतिशतभन्दा धेरै बढेको छ । गत आवमा कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ४१ पैसा, प्रति सेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ३४.४७ गुणा कायम भएको छ ।

गत आवमा कम्पनीले २ लाख ११ हजार ९१२ वटा बीमालेख बिक्री गरी ३ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीमा नवीकरण गरिएको बीमालेख संख्या २६ हजार ५५२ वटा रहेको छ । अघिल्लो आवमा २ लाख १३ हजार बढी बीमालेख बिक्रीबाट कुल ३ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।  असार मसान्तसम्म कम्पनीले ११ हजार ८५८ वटा दाबीको २ अर्ब ५० करोड ८३ लाख भुक्तानी गरेको छ । अब कोभिड बीमालेख समेत ८ हजार ५३१ दाबीको १अर्ब ८९ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवमा कम्पनीले ८ हजार ८४२ वटा दाबीको १ अर्ब ७८ करोड ८५ लाख भुक्तानी गर्दा ८ हजार ९४१ वटा दाबीको १ अर्ब ६८ लाख भुक्तानी गर्न बाँकी थियो । अघिल्लो आवभन्दा कम्पनीले ३ हजार १६ वटा दाबी र ७१ करोड ९८ लाख रुपैयाँ धेरै दाबी भुक्तानी गरेको हो । अघिल्लो आवभन्दा गत आवमा भुक्तानी गर्न दाबी संख्या ४११ वटाले घटेको भएपनि रकम भने ८९ करोड ६ लाखले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।