नेशनल लघुवित्तको खुद नाफा साढे २१ करोड

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षमा २१ करोड ५१ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आवमा ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा ४०.३६ प्रतिशत घटेको हो । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १६ करोड ७८ लाख १२ हजार रुपैयाँ छ ।

चुक्ता पुँजी एक अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । असार मसान्तसम्ममा लघुवित्तले चार अर्ब ५२ करोड ३९ लाख निक्षेप संकलन गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्था मार्फत सापटी गरेर १६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ । लघुवित्तले ८३ करोड ४२ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ०.६० प्रतिशत कम हो । यस्तै सञ्चालन नाफा ४०.३४ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.५३ प्रतिशत पुगेको छ ।खराब कर्जा बढेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । 

नाफा घटेसँगै लघुवित्तको प्रति सेयर आम्दानी पनि ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा छ । लघुवित्तको खराब कर्जा अनुपात बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।