बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५१ पैसा र बिक्री दर ८५ रुपैयाँ ९० पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा र बिक्री दर २८ रुपैयाँ ७४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३१ पैसा र बिक्री दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।