बैंकिङ कसुरका मुद्धा दिनहुँ बढ्दै, पक्राउ पर्नेको संख्या पनि तिब्र वृद्धि


पछिल्लो समय बैंकिङ कसुरका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ । देशव्यापी रुपमा यो समस्या बढ्दै गएको हो ।

विभिन्न किसिमका कारोबारहरुमा एक पक्षले अर्को पक्ष वा एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको चेकको भुक्तानी नहुँदा यस्ता घटना बढ्दै गएका हुन् । हरेक दिन देशका विभिन्न भागमा बैकिङ कसुरका मुद्धा दर्ता तथा कसुर गर्ने पक्राउ परेका खबरहरु आईरहेका छन् ।

नेपाल प्रहरीका अनुसार पछिल्ला वर्षहरुमा प्रहरीमा आउने सबै मुद्दाहरुमा बैंकिङ कसुरका मुद्धाको हिस्सा ५० प्रतिशतसम्म हुने गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौंले मात्र चालु आर्थिक वर्षको साउन महिनामा कुल १ हजार २७५ वटा मुद्धा दर्ता भएकोमा ५६० वटा बैंकिङ कसुरको मात्र रहेको जनाएको छ ।

शुक्रबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांक अनुसार १ महिनाको अवधिमा बैंकिङ कसुरमा ५६० वटा मुद्धा दर्ता भएकोमा २१२ जनालाई पक्राउ गरि आवश्यक कार्वाही प्रकृया अघि बढाइएको छ ।

परिसरका अनुसार गत आर्थिक वर्षको साउन महिनामा बैंकिङ कसुरमा ५१६ वटा मुद्दा दर्ता भएकोमा ८१ जनालाई मात्र पक्राउ गरी कार्वाही प्रकृया अघि बढाइएको थियो ।
गत आर्थिक वर्षको साउनको तुलनामा बैंकिङ कसुरमा मुद्धा दर्ता गर्नेको संख्यामा सामान्य वृद्धि भए पनि पक्राउ पर्नेहरुको संख्या फराकिलो अन्तरले बढेको हो ।

उल्लेखित तथ्यांक प्रहरी परिसर काठमाण्डौंको मात्र भए पनि देशका सबै स्थानमा यस्तै अवस्था छ । अधिक नाफाको प्रलोभन, काम गराइदिने बहानामा हुने ठगी, अनलाइनबाट विभिन्न किसिमका प्रलोभन पारेर हुने ठगी, विदेश पठाइदिने भनेर हुने ठगीका कारण प्रहरीकोमा पुग्ने पिडितहरुको संख्या दिनदिनै बढि रहेको छ ।

प्रहरी परिसर काठमाण्डौंका अनुसार साउन महिनामा चोरी सम्बन्धि ५५ वटा मुद्दा दर्ता भएकोमा ८२ जना पक्राउ परेका छन् भने ठगीमा ३५ वटा मुद्दा दर्ता भएकोमा १२ जना पक्राउ परेका छन् । उल्लेखित तथ्यांकले काठमाण्डौंको मात्र प्रतिनिधित्व गर्ने भए पनि देशका अन्य स्थानमा पनि यस्ता मुद्दा दर्ता हुने क्रम बढ्दो अवस्थामा छ । कारोबार नै बिग्रिने डरले प्रहरीसम्म नजानेहरुको संख्या पनि उत्तिकै छ ।

साउन महिनामा काठमाण्डौं प्रहरीमा परेका मुद्धा तथा पक्राउ पर्नेहरुको तथ्यांक यस्तो छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।