साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट


साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ सामान्य घटेको छ । गत साताको शुक्रबार एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार देखि चाँदीको भाउ स्थिर छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८८९ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ भदौ २०८०, आइतबार  १० : ४३ बजे