अप्पर लोहोरे खोलाको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

0
Shares

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

सेयर रजिष्ट्रार सेवा अन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने छ ।

यस्तै सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु हुनेछ । उक्त कार्यहरु भदौ ३ गते आइतबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।