अभियान लघुवित्तको जगेडा कोष ५०% बढ्यो, नाफा भने झण्डै शतप्रतिशत घट्यो

0
Shares

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासम्ममा जगेडा कोष ५०प्रतिशतले बढाउँदा खुद नाफा घने ९६ प्रतिशत बढीले घटेको छ । संस्थाले जगेडा कोषमा सचित रकम ३ करोड ३७ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड ३४ लाख ७४ हजार थियो ।

चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीले गत आवमा ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले ८७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा ९६.२३ प्रतिशतले नाफा घटेको हो । ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि नाफा प्रभावित भएको हो ।

कम्पनीको निक्षेप संकलन र कर्जा लगानी दुबै घटेको छ ।असार मसान्तसम्म कम्पनीले २० करोड ८४ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७७ करोड २३ लाख ९४ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो आवमा ३१ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चौथो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ७.६० प्रतिशतले घटेर ९ करोड ५३ लाख २२ हजार रुपैयाँमा सीमति भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म १० करोड ३१ लाख ६० हजार रुपैयाँ थियो ।

कम्पनीको समीक्षा अवधिसमम संस्थाको सञ्चालन मुनाफा पनि ९८.०४ प्रतिशतले घटेर ३ लाख २८ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवमा १ करोड ६७ लाख २४ हजार रुपैयाँ थियो ।

संस्थाको खराब कर्जा अनुपात बढेर ४.८९ प्रतिशत बिन्दुमा पुगेको छ । अघिल्लो आवमा २.६० प्रतिशत थियो । लघुवित्तको प्रतिसेयर आम्दानी १३ पैसा र प्रति सेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात ५ हजार ३७६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।