मनकामना स्मार्ट लघुवित्तको नाफा ८९ प्रतिशत घट्यो

0
Shares

मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ८८.७० प्रतिशतले घटेर २१ लाख ६८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आवमा संस्थाले १ करोड ९१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा खुद ब्याज आम्दानी ६ करोड २ लाख ९५ हजारमा संकुचित बनेको छ । अघिल्लो आवमा ७ करोड ५२ लाख ९७ हजार रुपैयाँ थियो ।

खराब कर्जा अनुपात अघिललो आवमा ४.२२ प्रतिशत बिन्दुबाट बढेर ९.५७ प्रतिशतमा पुगेपछि कम्पनीको सम्भावित कर्जा नोक्सानी वापत लघुवित्तले ७ करोड ७८ लाख २८ हजार व्यवस्था गरेको छ । यसले सञ्चालन आम्दानी नोक्सानमा पुगेको छ । यसअवधिमा कम्पनी ७ करोड १५ लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो आवमा सञ्चालन आम्दानी ७० लाख ५२ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी १४ करोड ८४ लाख ७८ हजार रहेको लघुवित्तको जगेडा कोषमा १ करोड ८३ लाख ३७ हजार रुपैयाँ सञ्चित छ ।असारसम्म लघुवित्तले ४१ करोड २४ लाख निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट ३४ करोड ४२ लाख सापटी लिएर गरी ८७ करोड १७ लाख ७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा मनकामनाको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४६ पैसा र प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ । अघिल्लो आवमा १२ रुपैयाँ ५३ पैसा इपीएस र १२५ रुपैयाँ ७१ पैसा नेटवर्थ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।