सोमबार विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९६ पैसा र बिक्री दर ८५ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ ९८ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा र बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०८०, सोमबार  ०७ : २६ बजे