ग्लोबल आइएमई र बिओके क्यापिटलको आजदेखि एकीकृत कारोबार

0
Shares

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केट लिमिटेडबीच भदौ ४ गते सोमबार साँझदेखि एकीकृत कारोबार हुने भएको छ । दुई क्यापिटल मर्जर भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको उपस्थितिमा एक कार्यक्रमकाबीच संयुक्त कारोबार थाल्ने भएका हुन् ।

दुबै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकले मर्जर पश्चात कायम भएको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २९ गते एकीकृत कारोबारका लागि स्वीकृति दिएको थियो । गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने कम्पनीले सकार्ने गरी ग्लोबल आईएमई क्यापिटलमा बिओके क्यापिटल गाभ्न अन्तिम स्वीकृति दिएको थियो ।

माउ बैंकहरु ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर भई एकीकृत कारोबार कारोबार भएपछि त्यसका सहायक कम्पनीहरु पनि एक हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर पश्चात २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। दुई बैंक १ः१ को समान स्वाप रेसियोमा कर्जर भएका थिए ।

माउ कम्पनीहरुको मर्जर सम्पन्न भएको ७ महीनापछि ती बैंकका सहायक कम्पनीहरुको रुपमा स्थापित मर्चेन्ट बैंकहरु पनि एक भएर संयुक्त कारोबार थालेका हुन् । एकीकृत कारोबार प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केट दुबैको गत असार ३ गते विशेष साधारण सभा आश्वान गरी मर्जर प्रस्ताव पारित गरिसकेका छन् ।

ग्लोलब आइएमई क्यापिटलले बिओके क्यापिटललाई ५३.१७ कित्ता अनुपातमा प्राप्ति गरेको हो । अर्थात बिओके क्यापिटलको १०० कित्ता बराबर ग्लोबल आइएमई क्यापिटलको ५३ दशमलव १७ कित्ता सेयर कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।