ग्रामीण विकास लघुवित्तमा सञ्चालक समितिमा परिवर्तन

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा परिर्वतन भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालन परिवर्तन भएसँगै सञ्चालक समिति हेरफेर भएको हो ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्याम कुमार कटुवालका अनुसार अर्थ मन्त्रालयबाट यसअघि धनबहादुर बरुवालले प्रतिनिधित्व गर्दै आएकोमागत असार १ गतेदेखि लागू हुने गरी उपसचिव युगराज पाण्डे मनोनयन भई सञ्चालक पदमा बहाल रहेका छन् ।

संस्थाको अध्यक्षमा शिवहरी दंगाल छन् । उनी संस्थापक, फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिबाट प्रतिनिधि हुन् । यस्तै संस्थापक सेयरधनी नेपाल सरकार अर्थ मन्त्रालयबाट युगराज पाण्डे, नेपाल बैंक लिमिटेडबाट सुशील कुमार नेपाल सञ्चालक छन् ।

यस्तै लघुवित्तमा सर्वसाधारण सेयरधनीको तर्फबाट मनोज कुमार खड्का र भरतराज कोइराला सञ्चालक छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।