नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडले एकै नम्बरबाट टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफर गर्ने सुविधा ल्याएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका यूएसएसडी ल्याएका हुन् ।
जस अनुरूप ब्यालेन्स रिचार्जका लागि *१२२*रिचार्ज पिन नम्बर # डायल गर्नुपर्ने हुन्छ । यस्तै ब्यालेन्स ट्रान्सफरका लागि *१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गर्नुपर्ने हुन्छ भने ब्यालेन्सी इन्क्वाइरीका लागि *१४४# यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ । आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया