हिमालयन बैंकको १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


हिमालयन बैंक लिमिटेडले १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता, प्रभा गोयन्काको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको नाममा रहेको ५२ हजार ९१० कित्ता गरी कुल १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकोे हो ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । इच्छुक आवेदकले आज भदौ ६ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादि काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने छ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र शेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ भदौ २०८०, बुधबार  ०७ : ४६ बजे