शिव श्री हाइड्रोपावरको ३१ करोड नोक्सानीमा, नेटवर्थ ४० रुपैयाँमा झर्‍यो

0
Shares

शिव श्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० मा ३० करोड ८८ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । अघिल्लो वर्षको तुलनामा एक वर्षको अवधिमा ५ करोड४८ लाख २६ हजार रुपैयाँ नोक्सानी कम गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष विद्युत विक्री आम्दानी १० करोडभन्दा बढीले बढेपछि खुद नोक्सानी कम भएको हो ।

गत आवमा कम्पनीले बढी विद्युत बिक्रीबाट ३५ करोड २० लाख २६ हजार रुपैयाँभन्दा आम्दानी गरेको छ । अघिल्लो आवमा २४ करोड ८६ लाख ९२ हजार रुपैयाँको बढी विद्युत बिक्री आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । अघिल्लो वर्ष ३५ करोड ९९ लाख रुपैयाँ ९ हजार रहेको वित्तीय खर्च ४० करोड ५९ लाख ६ हजार पुगेको छ ।

चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ८७ करोड ९७ लाख ९२ हजार रुपैयाँ ऋणात्मक छ । सोही कारण कम्पनीको वार्षिक प्रति सेयर आम्दानी २० रुपैयाँ ९२ पैसा नोक्सानीमा छ । यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ ।

शिव श्री हाइड्रोपावरले ४ अर्ब १७ लाख रुपैयाँ दीर्घकालीन कर्जा उपयोग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।