बिहीबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ, युरो कति ?


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३२ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७० पैसा र बिक्री दर ८५ रुपैयाँ ०९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ८७ पैसा र बिक्री दर १६७ रुपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा र बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १९ पैसा र बिक्री दर ३५ रुपैयाँ ३५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ भदौ २०८०, बिहीबार  ०६ : २८ बजे