बिहीबार सुनको भाउ ५ सय रुपैयाँले बढ्यो


बिहीबार सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ । वृद्धिसँगै छापावाला सुनको भाउ छापावाला सुनको भाउ १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो उक्त सुन १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख १० हजार ५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी, आज चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी ३५ रुपैयाँले वृद्धि भएको हो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२० दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ भदौ २०८०, बिहीबार  १० : ५९ बजे