संगीतसँग जोडिदै “रुस्लान स्टुडियो” को सुरुवात


नेपालको प्रख्यात ब्रान्ड रुस्लानले भदौ ६ गतेदेखि रुस्लान स्टुडियोको सुरुवात गरेको छ । एक कार्यक्रमका बीच रुस्लानले संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्न रुस्लान स्टुडियोको सुरुवात गरेको हो ।

रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाईभ स्टुडियो रेकर्ड सेटिङमा संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब च्यानलमा हुनेछ ।
कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता प्रस्तुत गर्नु हो । यसबाट २५ भन्दा बढी ट्रयाकहरुमा नयाँ शैलिमा रमाउन सकिने छ ।

रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, ए एस एम हरुको प्रस्तुति हुनेछ ।

“रुस्लान र संगीतको सम्बन्ध धेरै अघिदेखि परिचित रहदै आएको छ र यसै मार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेश गर्दै आएका पनि छौ । आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उदेस्यका साथ नै हामीले रुस्लान स्टुडयोको शुरुवात गरेका हौं,” जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले भने, “हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरुको बहुमुखी प्रतिभा संगीतको मार्फत पेश गर्दैछौं र सो कलालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने लक्ष्य राखेका छौ ।”

रुस्लानले आफ्ना ग्राहकको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिदै आएको छ र रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने पनि श्रेष्ठले विश्वास व्यक्त गरे ।

रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीले प्रस्तुती दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।