हिमालयन बैंकको “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक

0
Shares

हिमालयन बैंकले कनेट आईपीएस संगको सहकार्यमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालायन मोबाईल बैंकिङ्ग एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सकिने शितल कोइराला जनाएको छ ।

सो अफर भाद्र १ देखि ३१ गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता घोषण गरिने कोइरालाले जनाएको छ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने बताए ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । हिमालायन मोबाईल बैकिङ्गको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेट आईपीएस मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख रुपैयाँ भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाख रुपैयाँ मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको मोबाईल बैकिङ एपमा हाल १ लाख ७० हजार भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।