१४ निर्माण व्यवसायीलाई कालोसूचीमा राखिँदै, सात दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन


सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने भएको छ । उक्त कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखि आएकोले कालोसूचीमा राख्न लागिएको हो ।

कालोसूचीमा राख्नु नपर्ने कारण भए आज भदौ ११ गतेदेखि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । कार्यालयले यसअघि पनि निजहरुलाई ३० दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको थियो । ३० दिनमा लिखित स्पष्टिकरण नआएको भन्दै पुनः ७ दिनको समय  दिएको हो ।

७ दिन भित्र लिखित स्पष्टिकरण नदिएमा वैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, अनामिका कन्स्ट्रक्सन, पारस निर्माय सेवा, त्रिवेणी निर्माण सेवा भावेश कन्स्ट्रक्सन जस्ता निर्माण व्यवसायी\आपूर्तिकर्ता कालोसूचीमा पर्ने छन् । यस्तै रुमानी निर्माण सेवा, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ग्रीन वल्र्ड, एसिन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेल्ट, प्रान्जल निर्माण सेवा पनि कालोसूचीमा पर्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ भदौ २०८०, सोमबार  ०८ : ५९ बजे