सुनको भाउ लगातार तीन दिन स्थिर, सोमबार कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा सुनको भाउ ३ दिनदेखि स्थिर रहेको छ । बिहीबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१५ दशमलव १४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव १९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ भदौ २०८०, सोमबार  १० : ४४ बजे