मर्जरको साढे एक महीनापछि खुल्यो लक्ष्मी सनराइज बैंकको सेयर कारोबार

0
Shares

 

लक्ष्मी सनराइज बैंकको मर्जर सम्पन्न भएको साढे १ महीनापछि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको छ ।

मर्जर विनियमावलीमा मर्जर प्रयोजनका लागि अधिकतम १५ दिनसम्म सेयर कारोबार रोक्का राख्न सकिने व्यवस्था भएपनि बैंकको सेयर कारोबार भने साढे एक महीनापछि मात्र सुचारु भएको हो । तत्कालीन लक्ष्मी र सनराइज बैंक मर्ज भएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

धितोपत्रको दोस्रो बजारमा कारोबार खुला गर्न बैंकले तत्कालीन लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्जरपछि कायम हुन आएको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर आइतबार नेप्सेमा सूचीकरण गरेको थियो । लक्ष्मी सनराइज बैंकको नाममासेयर सूचीकृत भएको हो ।

आइतबार सेयर सूचीकृत भएपछि भदौ ११ गते सोमबारदेखि नै बैंकको सेयर लक्ष्मी सनराइज बैंकको नामबाट कारोबार सुचारु भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारको लागि १७३ रुपैयाँ ५ पैसा सुरुवाती मूल्य तोकेको थियो । दोस्रो बजारको कारोबारका लागि बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरिएको छ ।

बैंकको पहिलो सेयर कारोबार नै १७६ रुपैयाँ ४० पैसामा भएको हो । यसबीचमा बैंकको सेयरमूल्य ६ रुपैयाँ ९५ पैसा बढेर प्रतिकित्ता १८० रुपैयाँ पुगेको छ । नेप्सेको मार्केट डेप्थमा बैंकको ३६ हजार ३९४ कित्ता सेयर खरिदका लागि माग अर्डर रहदा बिक्रीतर्फ ५७ हजार २३० कित्ता बिक्रीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।