कुमारी इक्वीटी र कुमारी धनवृद्धि योजनाको बुकक्लोज तय

0
Shares

कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले प्रस्तावित प्रतिफल वितरणका लागि बुकक्लोज तय भएको छ ।

प्रतिफल प्रयोजनका लागि दुबै प्रयोजनका लागि भदौ १८ गते सोमबार एकदिन बुकक्लोज गर्न लागेका हुन् । गत आर्थिक वर्ष २०७९/८० को लागि कुमारी इक्वीटी फन्डले कर समेत १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले कर समेत ६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन् ।

बुकक्लोजको आधारमा भदौ १७ गते गतेसम्म कायम इकाईधनीहरूले मात्र सम्बन्धित योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।