पञ्चकन्या ग्रुपद्वारा रक्तदान

0
Shares

पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि भाद्र ११ गते ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरिएको हो ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी सहभागी मध्ये ३३ जनाले रक्तदान गरेका छन् । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ ।?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।