काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै साधारणसभा सम्पन्न गरी प्रतिवेदन महानगरमा बुझाउन निर्देशन दिएको हो ।
यस्तै, महानगरपालिकाले साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपूरक संख्या नपुग्ने भएकोले गणपूरक संख्या पु¥याएर मात्र साधारणसभा सञ्चालन गर्न पनि सहकारीलाई निर्देशन दिएको छ।
सूचनामा भनिएको छ,‘सहकारी ऐन, २०७४ को दफा ३९(२) तथा काठमाण्डौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम महानगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०८० पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाबाट पारित प्रतिवेदन महानगरपालिका सहकारी विभागमा बुझाउन हुन अनुरोध गरिन्छ।’ यस्तै महानगरले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई सधारणसभामा उपस्थितका लागि आव्हान गर्न भनेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया