मोबाइल नम्बर मार्फत पैसा पठाउने सजिलो तरिका: फोनपे द्वारा नयाँ अभियानको घोषणा


फोन पे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले ूफोन पे डिरेक्टस् पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ । एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु अभियानको थालनी गरिएको फोन पेले जनाएको छ ।

“मोबाईल नंबर भए पुग्छ” भन्ने ट्यागलाइन मा आधारित यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको कम्पनीको दाबी छ ।

अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यू आर जस्ता तरिकाहरु रहेका छन् । त्यसकै फलस्वरुप नेपालका विभिन्न बैँकहरूमा फोन पेले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको गरिरहेका छन् ।

भादौ महिना भरि चल्ने अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रो मेगा उपहारबाट पुरस्कृत गरिने र अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहार प्रदान गरिने फोन पेले जनाएको छ ।

अभियानको उदेश्यका बारेमा फोन पे का चिफ स्ट्राटेजि अफिसर सुबोध शर्माका अनुसार, “सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ। पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो । फोन पे डिरेक्ट द्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौं।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।