बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९३ पैसा र बिक्री दर ८५ रुपैयाँ ३१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६७ रुपैयाँ ०७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४२ पैसा र बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २० पैसा र बिक्री दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भदौ २०८०, बुधबार  ०६ : ३६ बजे