स्थानिय बजारमा दुई दिनमा सुनको भाउ १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो ।
आज ८ सय रुपैयाँले बढेसँगै अब छापावाला सुन किन्नेले १ लाख १२ हजार ५ सय रुपैयाँ खर्चिनु पर्ने भएको छ । हिजो छापावाला सुनको भाउ १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी आज चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३६ दशमलव ४४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ६३ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया