स्वस्तिक लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

0
Shares

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन प्रयोजनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड चयन भएको छ ।

कम्पनीको जारी पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रयोजनका लागि लघुवित्त कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाईै छनोट गरेको हो ।

लघुवित्त र नबिल इन्भेष्टमेण्ट बैंकिंगबीच सेयर निष्कासन सम्बन्धमा समझदारी समेत भएको छ । सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्व तयारी गर्नेछ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गर्नेछ । धितोपत्र बोर्डबाट आईपीओ बिक्री गर्न स्वीकृति पाएपछि सर्वसाधारणमा उक्त सेयर बिक्रीमा आउनेछ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ बमोजिम स्थापित कम्पनी हो । लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।