दैनिक कारोबार अर्ब छेउछाउमै, बोनस घोषणाले माछापुच्छ्रे बैंकको १० करोडको सेयर खरिद बिक्री

0
Shares

साताको अन्तिम कारोबार दिन बुधबार सेयर बजार २.८२ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९०.५९ बिन्दुमा रोकिएको छ ।

बुधबबार २७६ धितोपत्रको ३२ हजार २९८ वटा कारोबारबाट ३८ लाख ३ हजार २४० कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँमा समेटिएको छ । बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ ।

बुधबार अधिकांश उपसूचक घटेको छ । तेह्र उपसमुहगत सूचकमध्ये ब्यापार र होटल तथा पर्यटनमुलक समुह १.३० प्रतिशतले बढेको छ भने बाँकी ११ वटा सामान्य घटेका छन् ।

घट्दो बजारमा पनि सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ६८ रुपैयाँले बढेपछि होटलको सेयर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । सानिमा डिबेञ्चर २०८७ को ५.७२ प्रतिशत, मायाखोला हाइड्रोपावर ४.२३ प्रतिशत, एनआईबिएल ग्रोथ फन्डको इकाईमूल्य ३.१२ प्रतिशत र लक्ष्मी सनराइज बैंकको धितोपत्रको मूल्य २.८९ प्रतिशतले बढेको छ ।

सानिमा इक्वीटी फन्डको इकाईमूल्य सर्वाधिक ७.९४ प्रतिशतले घटेको बजारमा मिथिला लघुवित्तको ६.०२ प्रतिशतले घटेको छ । हाइड्रोपावरमा सबैभन्दा धेरै सेयर मूल्य पुगेको कुथेली बुखरीको आज सातौं कारोबार दिन ५.४८ प्रतिशतले घटेर ८८२ रुपैयाँमा झरेको छ । आशा लघुवित्त ४.६७ प्रतिशत र नेपाल एसबिआई बैंकको सेयर मूल्य ४.०४ प्रतिशतले घटेको छ ।

बुधबार लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको आज १० करोड बढीको सेयर कारोबार भएको छ । यस्तै आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ३५ लाख ६१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख ७९ हजार, नबिल बैंकको ३ करोड र नेपाल टेलिकमको २ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण २९ खर्ब ७९ अर्ब ९८ करोड २५ लाख रुपैयाँमा समेटिएको छ ।

रक्षाबन्धन/जनै पूर्णिमा तथा गाइजात्राको अवसरमा बिहीबार सार्वजनिक विदा रहेकाले अब अर्को साता आइतबार मात्रै दोस्रो बजारमा सेयर खरिद बिक्री हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।