बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७९ पैसा र बिक्री दर १४४ रुपैयाँ ४४ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४४ पैसा र बिक्री दर ८५ रुपैयाँ ८३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ २० पैसा र बिक्री दर १६७ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा र बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५ रुपैयाँ ३७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भदौ २०८०, बिहीबार  ०६ : २७ बजे