शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ ६६ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २३ पैसा र बिक्री दर ३५ रुपैयाँ ३९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भदौ २०८०, शुक्रबार  ०६ : ५८ बजे