सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ बैंक लिमिटेडल संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिइएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज भदौ १७ गतेदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाण्डौं स्थित कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।

संस्थापक सेयर लिने सम्बन्धमा तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट उपरोक्त सम्पूर्ण सेयर बिक्री नभएमा अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।