आइतबार सुन-चाँदीको भाउ कतिमा हुदैँछ कारोबार ?


साताको पहिलो काराबोर दिन आज आइतबार छापावाला सुन १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज १ सय रुपैयाँ बढेको हो । शुक्रबार छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १ हजार ४७० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदी १० रुपैयाँले घटेको हो ।  महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४० दशमलव १३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव १८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।