नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिने अधिकृत विरुद्ध मुद्धा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत कर्मचरी विरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले नेपालगञ्ज, बाँकेस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा अधिकृत (छैटौं तह) मा कार्यरत हीम कुमारी सुनार पुन उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी मुद्धा दायर गरेको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्र छानबीन गरी कारवाहीका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा नक्कली पाइएको आयोगका प्रवक्ता भोला दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी रा.प.अनं. द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्त लिएको प्रवत्ता दाहालले बताए ।

आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियम विपरीत सरकारी सेवामा कार्यरत रहेकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको भन्दै कैद र जरिवाना हुन मागदावी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भदौ २०८०, आइतबार  १२ : ३८ बजे