सोमबार विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही भाउमा कायम गरिएको थियो ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २० पैसा र बिक्री दर ८५ रुपैयाँ ५९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा र बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २० पैसा र बिक्री दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।