सोमबार सुनको भाउ ४ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि


सोमबार सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । आइतबार १ सय रुपैयाँले बढेको सुनको भाउ आज पुनः ४ सय रुपैयाँले बढेको हो ।छापावाला सुन आज सुन १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १२ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो । चाँदी ५ रुपैयाँले बढेको हो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४४ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भदौ २०८०, सोमबार  १० : ४६ बजे