गरिमा क्यापिटलले ल्यायो गरिमा ‘क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’


गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ । क्यापिटलले भदौ १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागी हुन परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको ‘Mentions’ मा पोष्ट गर्नुपर्नेछ । फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited ह्यासट्यागहरू समावेश गर्नुपर्नेछ । साथै, सहभागीले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथमलाई ३ हजार रुपैयाँ द्वितीयलाई २ हजार रुपैयाँ र तृतीयलाई १ रुपैयाँ प्रदान गरिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।