बुधबार बढ्यो अमेरिकी डलरको भाउ, युरोको भाउमा गिरावट


बुधबार अमेरिकी डलरको भाउ बढेको छ । मंगलबार एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा रहेको अमेरिकी डलरको भाउ आज बुधबार एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३८ पैसा र बिक्री दर ८४ रुपैयाँ ७६ पैसा पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा र बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५ रुपैयाँ ५० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भदौ २०८०, बुधबार  ०८ : ४२ बजे