मंगलबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि सोही भाउले गिरावट आएको छ । बुधबार ३ सय रुपैयाँले घटेसँगै छापावाला सुनको भाउ १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापापाला सुनको भाउ १ लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो । चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२७ दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया