आइतबार कालिमाटीमा गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आइतबार नेपाली गोलभेँडा सानो र भारतीय ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

लोकल सानो गोलभेँडा भने ३५ रुपैयाँ रहेको छ । आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको छ । बजारमा आज काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, गाजर प्रतिकेजी १३०,मूला रातो १००, घिउ सिमी लोकल ७०, भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००,तितो करेला ८०,लौका ४०, परवल लोकल ५०, हरियो फर्सी ५०, सुकेको प्याज ७१ रुपैयाँ न्यूनतम् मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १८०, कुरीलो ४५०, निउरो ८०, ब्रोकाउली ३००, भिण्डी ५०, रायो साग १००,तोरीको साग ५०, हरियो प्याज १८०, काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम् मूल्य तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ भदौ २०८०, आइतबार  ०८ : २९ बजे