साँफे–मार्तडी सडक अवरुद्ध


शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो । सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए । पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।