सुनको भाउ प्रतितोला १ सय रुपैयाँ बढेको छ । आइतबार ४ सय रुपैयाँले घटेको सुनको भाउ आज १ सय रुपैयाँ बढेको हो । आज छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ कायम गरिएको छ । आइतबार सोही सुनको भाउ १ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ तोकिएको छ । आइतबार तेजावी सुनको भाउ एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो । आइतबार चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२५ दशमलव १५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया