बलेफी हाइड्रोको साधारण सभा आह्वान, शतप्रतिशत हकप्रद पारित गर्ने


बलेफी हाइड्रोपावर लिमिटेडले असोज १८ गते बिहीबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले एकैदिन दशौ र एघारौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाबिहान साढे ११ बजे नक्साल भाटभटेनी नजिकै रहेको आम्रपालि ब्याङ्क्वेटमा बस्ने छ ।

सभाले  शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले कर्जा सिमा वृद्धिको स्विकृति दिने भएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको ठेगाना परिवर्तन गर्न स्विकृति प्रदान गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७७\०७८ र २०७८ \ ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै सभाले आर्थिक वर्ष २०७९\०८० का लागि लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।  वार्षिक साधारण सभा प्रयोजनको लागि असोज ५ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरीने छ । जसअनुसार नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा असोज ४ गते बिहीबारसम्म कारोबार भई सेयर खरिद गरी आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनीहरू सभामा भाग लिन योग्य रहनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २५ भदौ २०८०, सोमबार  १२ : ०६ बजे