सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओेमा स्थानिय बान्सिदाले आजसम्म मात्र आवेदन दिनु पर्ने छ । कम्पनीले जारी पूँजीको ४० प्रतिशत अर्थात् कुल १ करोड २३ लाख २ सय कित्ता सेयर मध्ये १५ लाख ३७ हजार ५२५ कित्ता उद्योग प्रभावित क्षेत्रका वासिन्दाको लागि निष्काशन गरेको हो ।
कम्पनीले स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम बापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ दरले सेयर निष्काशन गरेको थियो । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधरणलाई जारी गर्नेछ ।
उद्योग प्रभावित क्षेत्रको आइपीओमा दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले कम्पनीको आइपीओमा आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा आयोजना प्रभावित स्थानिय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया