मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १२ हजार रुपैयाँ रहेको छ । सुनको भाउ हिजो पनि सोही भाउमा कायम थियो । हिजोको तुलनामा सुनको भाउ आज स्थिर बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ तोकिएको छ । तेजावी सुन सोमबार पनि सोही भाउमा कायम गरिएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । सोमबार चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२२ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव १६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया