एलआईसीले लगातार दोस्रो वर्ष बनायो सेयरधनीको हात खाली

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पछिल्ला दुई आर्थिक वर्षमा सेयरधनीको हात खाली पारेको छ । अघिल्लो आवमा लाभांश वितरण नगरको कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट पनि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीका सचिव सुदर्शन गिरीले कम्पनीको सञ्चालक समितिको भदौ २५ गते सोमबार साँझ ४ः३० बजे बसेको १२७ औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव निर्णय भएको जानकारी दिए ।

बैठकले आर्थिक वर्ष २०७८–७९ को वासलात, आव २०७८र७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणमाथि छलफल गरी स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै लाभांश पाउने आशामा रहेका कम्पनीले लगातार दुई आर्थिक वर्ष लगानीकर्ताहरूको हात रित्तै बनाएको हो । यसले सेयरधनीहरूलाई निराशा मात्रै बनाएको छ ।

पछिल्लो पटक आव २०७६-७७ मा २० प्रतिशत बोनस सहित २१.०५२६ प्रतिशत लाभांश वितरण गरेयता कम्पनीले कुनैपनि लाभांश वितरण गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०७७–७८ र आव ७८–७९ बाट सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण गरेको नगरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।