नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक


नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले नाडा अटो शोमा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।

नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ भने कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यानमा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ । आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् ।

१५ सिट भ्यानको मुल्य ८२ लाख ९९ हजार र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९हजार रहेको कम्पनीले जनाएको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।