बुधबार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । मंगलबार १ लाख १२ हजार रुपैयाँ कायम गरिएको सुनको भाउ आज १ लाख ११ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ मंगलबार एक लाख ११ हजार ४५० रुपैयाँ तोकिएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२२ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव १६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया